लिबियामा सैन्य अभियानहरू तत्काल बन्द गर्न अमेरिकाको आह्वान

अमेरिकी विदेश मन्त्री माइक पम्पियोले के भन्नुभएको छ भने, लिबियाको राजधानी ट्रिपोली निकट चलिराखेको लडाईँमाथि अमेरिका गहिरो रूपले चिन्तित छ र बाहुबली खलिफा हफ्तारका आक्रमणात्मक कार्यवाहीहरू तुरून्तै बन्द गरिएको हेर्न चाहन्छ।

एउटा बयानमा उहाँले भन्नुभयो, अमेरिका खलिफा हफ्तारका फौजहरूद्वारा गरिराखिएका सैनिक हमलाहरूको खिलाफ छ अनि लिबियाको राजधानी विरूद्ध सबै सैनिक अभियानहरू तत्काल बन्द गर्ने आह्वान गर्छ।

सन् २०११-मा मोहमेर गद्दाफीको सत्ता पलट पश्चात् अराजकता फैलिएको लिबियामा ट्रिपोली आधारित प्रशासन र हफ्तारका समर्थकहरू बीच मुलुकको पूर्वी क्षेत्रमा एउटा कटूतापूर्ण शत्रुताको सृजना भएको छ।

हाल राष्ट्र संघ समर्थित एकता सरकार र विभिन्न मिलिसियाहरूको नियन्त्रणमा रहेको राजधानीमाथि कब्जा गर्न हफ्तारले आक्रमणात्मक कार्यवाही सुरू गरेको तीन दिनपछि ट्रिपोलीको दक्षिणमा हिजो लडाईँ चर्कियो।

यसै बीच एउटा सम्बन्धित घटनामा राष्ट्र संघ सुरक्षा परिषदमा हिजो रसियाले एउटा यस्तो प्रस्तावमाथि रोक लगाएको कुटनैयीकहरूले बताएका छन् जसले खलिफा प्रति इमानदार रहेका फौजहरूलाई उनीहरूको ट्रिपोली तर्फको कूच रोक्न भन्ने थियो।