लिबियाको लडाईँमा मारिनेहरूको संख्या ३२-मा

लिबियाको राष्ट्र संघ समर्थित सरकारले राजधानी ट्रिपोली निकट भएको लडाईँमा कम्तीमा पनि ३२ जनाको ज्यान गएको र लगभग ५० जना घाइते भएको बताएको छ। जनरल खलिफा हफ्तार अधिन रहेका विद्रोही फौजहरूले बिहिबार देखिनै दक्षिण र पश्चिम तर्फबाट एउटा बहुपक्षीय  हमला गरिराखेका छन्।

इजिप्ट र संयुक्त अरब अमिरातको समर्थन प्राप्त जनरल हफ्तार पूर्वी लिबियामा मजबुत हुनुहुन्छ। प्रधान मन्त्री फयेज-अल-सिराजले उहाँमाथि सैनिक विद्रोहको प्रयास गरेको अभियोग लगाउँदै विद्रोहीहरूको दृढताका साथ मुकाबिला गरिने बताउनुभयो।

अमेरिकी विदेश मन्त्री माइक पम्पियोले लडाईँ तुरून्तै समाप्त गर्न तथा वार्तालाप सुरू गर्न आह्वान गर्नुभएको छ। यसअघि राष्ट्र संघले घाइते भएकाहरू र असैनिक नागरिकहरूको निकासाको लागि २ घन्टाको निम्ति युद्ध विराम गर्ने आह्वान गरेको थियो तर लडाई जारी रह्यो।