श्रीलङ्कामा भारत- श्रीलङ्का संयुक्त अभ्यास मित्रशक्ति सम्पन्न

भारतीय सेना र श्रीलङ्काली सेना बीचको संयुक्त सैनिक अभ्यास मित्रशक्तिको छैठौँ संस्करण सोमबार श्रीलङ्कामा सम्पन्न भयो। विगत २६ मार्चको दिन सुरू भएको दुइ साता लामो यो प्रशिक्षण दुइ सेनाहरूको एउटा भव्य तथा शानदार परेडका साथ समाप्त भयो। विगत १४ दिनको अवधिमा दुइ फौजहरूले ग्रामिण तथा सहरी परिवेशहरूमा सामुना गर्नु पर्ने संभावना रहेका परिदृश्यहरूमाथि आधारित सैनिक अभियानहरूको संयुक्त योजना गर्नका साथै कार्यान्वयन पनि गरे।

दुइ फौजहरूका विषय विशेषका विशेषज्ञहरूले विद्रोह प्रतिकार एवम् आतङ्की प्रतिकार अभियानहरूका विभिन्न पक्षहरूबारे पनि गम्भिर एवम् विस्तृत चर्चा गरे।

दुइ सेनाहरूले उनीहरूको शिक्षण अनुभव बढाउनको लागि एक-अर्काका उत्तम अभ्यासहरू पनि साझा गरे।

भारत र श्रीलङ्काको सेना बीचको सहयोग बढाउने सैनिक कुटनीतिको एक हिस्साको तवरमा हरेक वर्ष आयोजित गरिने यो मित्रशक्ति अभ्यास २०१३-मा सुरू गरिएको थियो।