माल्यालाई सुपुर्दगी विरूद्ध अपिल गर्ने अनुमति दिन ब्रिटिश अदालतको अस्वीकार

संयुक्त अधिराज्यको एउटा अदालतले भगौडा व्यवसायी विजय माल्यालाई सुपुर्दगी आदेश विरूद्ध अपिल गर्ने अनुमति दिन अस्वीकार गरेको छ। वेस्ट मिनिस्टर म्याजिस्ट्रेटको अदालतले उनलाई भारत प्रत्यावर्तित गर्ने आदेश दिएपछि एउटा पुनरावेदन हालिएको थियो। संयुक्त अधिराज्यका गृहमन्त्री साजिद जाविदेले पनि अदालतको आदेश पश्चात् उनलाई भारत प्रत्यावर्तित गर्ने आदेश दिनुभएको थियो।

माल्यामाथि ₹ ९००० करोडको धोखाधडी एवम् धनशोधन गरेको अभियोग छ। माल्या मार्च २०१६ देखिनै संयुक्त अधिराज्यमा छन् र अप्रेल २०१७-मा स्कटल्याण्ड यार्डले प्रत्यावर्तन सम्बन्धी पक्राउ पुर्जी जारी गरेपछि जमानतमा रहेका छन्।