अभिनन्दनको मिग-२१ बाइसनले पाकिस्तानको एफ-१६ खसालेको थियोः  भारतीय वायु सेना

भारतीय वायु सेनाले २७ फेब्रुअरीमा पाकिस्तानी वायु सेनाले एफ-१६ लडाकू विमानको प्रयोग गरेको र यसबारे उसित ठोस प्रमाण भएको  बताएको छ।

नयाँ दिल्लीमा संवाददाताहरूलाई यसबारे जानकारी गराउँदै वायुसेना उप-प्रमुख आर जी के कपुरले भन्नुभयो, भारतीय वायुसेनाको मिग-२१ बाइसन विमानले पाकिस्तानको एफ-१६ विमान खसालेको थियो। उहाँले भन्नुभयो, दुइ मुलुकका विमानहरूको झडपमा निःसन्देह दुइ विमानहरू खसे जसमा भारतको मिग-२१ र दोस्रो पाकिस्तानी वायु सेनाको एफ-१६ विमान थियो। वायुसेनाका उप-प्रमुख आर जी के कपुरले भन्नुभयो, पाकिस्तानी विमानको पहिचान उसको इलेक्ट्रोनिक सिग्नेचर र रेडियो ट्रान्सक्रिप्टसबाट गरिसकिएको छ।

उहाँले भन्नुभयो, पाकिस्तानको अन्तर सेवा जन सम्पर्कका महानिदेशकले दिनुभएको आधिकारिक वक्तव्य पनि भारतीय वायुसेनाको अडानको पुष्टि हो। श्री कपुरले भन्नुभयो, भारतीय वायु सेनासित धेरै विश्वसनीय प्रमाण छ जो यस तथ्यको स्पष्ट संकेत हो कि पाकिस्तानले एफ-१६ गुमाएको छ। तर उहाँले भन्नुभयो, सुरक्षा र गोपनीयताका चिन्ताहरूको कारण भारतीय वायु सेनाले सार्वजनिक रूपले सूचनाहरू साझा गर्न सक्तैन।