प्रथम चरणको मतदान निम्ति प्रचार आज साँझ समाप्त हुने

 

लोक सभा निर्वाचनहरूको प्रथम चरणको मतदान निम्ति प्रचार आज साँझ समाप्त हुँदैछ। आगामी बिहिबार हुने प्रथम चरणको मतदानमा २० राज्यहरू तथा केन्द्र शासित प्रदेशहरूमा फैलिएका ९१ संसदीय क्षेत्रहरूका मतदाताहरूले आफ्नो मताधिकारको प्रयोग गर्नेछन्।

यस चरणमा आन्ध्र प्रदेश, अरूणाचल प्रदेश, मेघालय, मिजोरम, नागाल्याण्ड, सिक्किम, अण्डमान निकोबर, तेलेङ्गाना र उत्तराखण्ड लगायतका १० राज्य र केन्द्र शासित प्रदेशका जम्मै संसदीय क्षेत्रहरूका लागि मतदान हुनेछ। यस चरणमा असम, बिहार, छत्तिसगढ, जम्मू एवम् कश्मीर, महाराष्ट्र, मणिपुर, ओडिसा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बङ्गालका कतिपय संसदीय क्षेत्रहरूमा पनि मतदान हुनेछ।

आन्ध्र प्रदेश, सिक्किम र अरूणाचल प्रदेशका जम्मै अनि ओडिसाका १४७ मध्ये २८ बिधान सभा क्षेत्रहरूको लागि पनि प्रचार आजै समाप्त हुँदैछ।

यता चौथो चरणको मतदानको निम्ति उम्मेदबारीको पर्चा भर्ने आज अन्तिम दिन हो। आगामी २९ अप्रेलको दिन हुने चौथो चरणको निर्वाचनमा ९ राज्यहरूमा फैलिएका ७१ संसदीय क्षेत्रहरूमा मतदान हुनेछ। उम्मेदवारीका पर्चाहरूको जाँच भोली हुनेछ र १२ अप्रेलसम्म उम्मेदवारी फिर्ता गर्न सकिने छ।