बेगम हजरत महलको पुण्यतिथिमा काठमाडौँस्थित उहाँको समाधिमा माल्यार्पण

स्वतन्त्रता सेनानी बेगम हजरत महललाई स्मरण गर्दै उहाँको १४०-औँ पुण्यतिथिको अवसरमा हिजो नेपालको राजधानी काठमाडौँमा उहाँको समाधि स्थलमा माल्यार्पण समारोहको आयोजना गरियो। भारतका मिसन उप-प्रमुख डॅ. अजय कुमारले उहाँको समाधिमा माल्यार्पण गर्नुभयो। नेपाली मुस्लिम समुदायका मानिसहरू, सञ्चारकर्मीहरू र भारतीय दूतावासका अधिकारीहरू लगायत ठूलो संख्यामा समान्य जनहरूले पनि बेगम हजरत महललाई पुष्पाञ्जली अपर्ण गरे।

उहाँ अवधका नवाब वाजिद अली शाहकी धर्मपत्नी हुनुहुन्थ्यो र सबैभन्दा पहिलो भारतीय महिला स्वतन्त्रता सेनानीहरू मध्ये एक हुनुहुन्थ्यो। बेगम हजरत महलले सन् १८५७ विद्रोहको अवधिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी विरूद्ध लडाईँ लड्नुभएको थियो। ब्रिटिशहरूले अवधमाथि बारम्बार आक्रमण गरेका थिए र उहाँलाई पछाडी हट्न बाध्य तुल्याए। उहाँले ब्रिटिश शासकहरूद्वारा दिइएको कुनै पनि प्रकारको समर्थन र भत्ताहरूलाई अस्वीकार गर्नुभएको थियो।

अन्तमा बेगम हजरत महलले नेपालमा शरण माग्नुभयो। उहाँको मृत्यु ७ अप्रेल, सन् १८७९-मा नेपालमा भएको थियो। उहाँको समाधि मध्य काठमाडौँस्थित जामे मस्जिदमा अवस्थित छ।