अमेरिका र इरानद्वारा एक-अर्काका संगठनहरूलाई आतङ्कवादको समर्थक घोषित

 अमेरिकाले इरानको रिभोल्युशनेरी गार्डलाई विदेशी आतङ्की संगठनको रूपमा नामित गरेको छ। अमेरिकाका विदेश मन्त्री माइक पम्पियोले भन्नुभयो, यो कदम मध्यपूर्वमा अस्थिरताकारी आतङ्की षडयन्त्र एवम् उग्रवादी गतिविधिहरूलाई समर्थन बन्द गर्न बाध्य पार्न इरानमाथि अत्याधिक चाप हाल्ने क्रममा गरिराखिएका प्रयासहरूकै एउटा हिस्सा हो।

यस कदमको परिणाम स्वरूप सयौँ विदेशी कम्पनीहरू र व्यवसायीक क्षेत्रका कार्यकारीहरूले अमेरिकी भ्रमण प्रतिबन्धहरू र कानूनी कार्यवाही समेतको सामुना गर्नु पर्ने हुन सक्छ।

यसैबीच इरानले यस कदमको प्रत्युत्तर दिने धम्की दिएको छ। यो घोषणा भएको केही समय पछिनै विदेश मन्त्री मोहम्मद जावद जरिफले मध्य पूर्व आधारित इरानी बलहरूलाई इरानको आफ्नै आतङ्की सूचीमा सामेल गर्न राष्ट्रपति हसन रौहानीसित भेटघाट गर्नुभयो।