क्राइस्टचर्च नरसंहार सम्बन्धी जाँचबुझ समितिको अध्यक्षता एक जना शीर्ष न्यायाधीशले गर्नुहुने

न्युजिल्याण्डका प्रधान मन्त्री जेकिन्डा अर्डेर्नले सोमबार विगत महिना क्राइस्टचर्चका दुइ मस्जिदहरूमा ५० जना श्रद्धालुहरूको नरसंहारको जाँचबुझको अध्यक्षता एक सर्वोच्च अदालतका न्यायाधीशले गर्नुहुने घोषणा गर्नुभयो।

श्रीमती अर्डेर्नले भन्नुभयो, “१५ मार्चको हमला कसरी भयो? यसलाई रोक्न के गर्न सकिन्थ्यो? र न्युजिल्याण्डवासीहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने कुराको यथाशीर्घ जाँच गर्ने क्रममा हामीले कुनै कसर बाँकी राख्ने छैनौँ।”

न्युजिल्याण्डको कानून अन्तर्गत सबैभन्दा शक्तिशाली जाँच-बुझ रयेल कमिशन जाँचको अगुवाई सर्वोच्च अदालतका न्यायाधीश विलियम यङ्गले गर्नुहुनेछ।

एक स्वघोषीत गोरा हैकमबादी अस्ट्रेलियाली ब्रन्टन ट्यारन्टमाथि न्युजिल्याण्डको दक्षिण शहर क्राइस्टचर्चका मस्जिदहरूमा भएको हमलामा ५० जनाको हत्या गरेको र २९ जनामाथि हत्याको प्रयास गरेको अभियोग छ।