ब्रेक्जिटको विलम्बलाई लिएर ब्रिटिश प्रधान मन्त्रीको जर्मन चान्सलरसित वार्ता

मंगलबार ब्रिटिश प्रधान मन्त्री टेरिजा मेले ब्रेक्जिट विलम्ब गराउने एक प्रयासमा जर्मन चान्सलर एङ्गेला मर्केलसित वार्ता गर्नुभयो।

सुश्री मेले ब्रेक्जिटलाई जून ३० तारिखसम्म विलम्ब गराउने आफ्नो अनुरोधलाई समर्थन दिन आग्रह गर्नका लागि आज राति प्यारिसमा फ्रान्सीसी राष्ट्रपति इमानुएल म्याक्रोँलाई पनि भेट्नुहुनेछ।

युरोपेली संघका नेताहरू सुश्री मेको ब्रेक्जिट म्याद निर्धारित १२ अप्रिलबाट सार्ने अनुरोधमाथि छलफल गर्न भोली ब्रसेल्समा बैठक बस्ने छन्।

युरोपेली संघबाट बाहिरिने सुश्री मेका प्रस्तावहरूमाथि अनेक साताहरूसम्म सहमति नबनेपछि सोमबार अन्तत: ब्रिटेनका सांसदहरूले ब्रेक्जिट विधेयकलाई मञ्जुरी प्रदान गरे। यस विधेयकको लक्ष्य नो-डील ब्रेक्जिट अर्थात युरोपेली संघबाट ब्रिटेनको सौदारहीत निकास रोक्नु रहेको छ। यद्यपि ब्रिटेन कुनै संक्रमण व्यवस्था बिनै  युरोपेली संघबाट बाहिर हुनेछ।

गए महिना ब्रेक्जिटको म्याद २९ मार्चबाट अप्रिल १२-मा सार्न युरोपेली संघ सहमत भएको थियो।