छत्तीसगढ: माओवादी हमलामा बीजेपी एमएलए समेत पाँचको मृत्यु

मंगलबार बिहान छत्तीसगढको दन्तेवाडा जिल्लामा एक घातक माओवादी हमलामा बीजेपी एमएलए भीमा मान्डवी र चार सुरक्षा जवानहरूको मृत्यु भएको छ।

माओवादीहरूले कुआकोन्डा नजिक एमएलए-को काफिलामाथि पहिला आईईडी विस्फोट गरे, त्यसपछि भीषण गोलीबारी गरे। एमएलए चुनाव प्रचार गरेर फर्की रहेका थिए।

प्रधान मन्त्री नरेन्द्र मोदीले हमलाको भर्त्सना गर्नुभएको छ। श्री मोदीले हमलामा शहीद भएका जवानहरूलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। एउटा ट्वीटमा प्रधान मन्त्रीले भन्नुभयो, यी जवानहरूको बलिदान व्यर्थ जाने छैन।

कंग्रेस अध्यक्ष राहुल गाँधीले छत्तीसगढमा भएको यस नक्सली हमलालाई अत्यन्तै पीडाजनक बताउनुभएको छ। एउटा ट्वीटमा श्री गाँधीले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पित गर्नुभयो।