पत्रकार खाशोगी हत्या काण्डः अमेरिकाद्वारा सऊदी अरबका १६ नागरिकहरूमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध

पत्रकार जमाल खशोगीको हत्यामा उनीहरूको भूमिका रहेको भन्दै अमेरिकाले सोमबार सऊदी अरबका १६ नागरिकहरूमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ।

गत अक्टूबर महिना इस्तानबुलस्थित सऊदी वाणिज्य दूतावासमा भएको हत्यामाथि आफ्नो प्रतिक्रियालाई लिएर ट्रम्प प्रशासनले काँग्रेसबाट दबाउको सामना गरेकाले विदेश मन्त्री माइक पोम्पियोले यो घोषणा गर्नुभएको हो। खाशोगीको हत्या पश्चात सऊदी अरबमा मानवाधिकारलाई लिएर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकार्षित भएको थियो।

केही अमेरिकी सांसदहरूले सार्वजनिक रूपमा भनेका छन्, सीआईए-को निष्कर्षहरूका आधारमा क्राउन प्रिन्स मोहम्मद बिन सलमान हत्याको लागि सोझै दोषी रहेको उनीहरूलाई पहिलेनै आशङ्का थियो।

विदेश विभागले यसपूर्व लगभग दुई दर्जन सऊदी अधिकारीहरूको भिसा रद्द गरिसकेको छ र १७ अन्य व्यक्तिहरूको सम्पत्ति अचल पनि गरिदिएको छ।