भारतद्वारा नेपालमा प्रसूति अस्पताल निर्माण

भारतले नेपालमा २५ शय्याको एउटा प्रसूति अस्पताल निर्माण गरेको छ। यो अस्पताल भारत सरकारको “साना विकासमुलक परियोजनाहरू” योजनाअन्तर्गत निर्माण गरिएको हो। बुधबार भारतीय राजदूत मनजीव सिंह पुरीले सिराहा जिल्लामा चन्द्र नारायण यादव मेमोरियल प्रसूति अस्पतालको उद्घाटन गर्नुभयो। यो अस्पतालले सिराहा जिल्ला वरिपरिका ५० गाउँका बासिन्दाहरूलाई गुणवत्तापूर्ण प्रसूति एवम् स्वास्थ्य सेवाहरू प्रदान गर्ने छ। यसले आमा र शिशुको मृत्यु दर कम गर्न पनि मद्दत गर्ने छ। यस अस्पतालको सञ्चालन चन्द्र नारायण यादव मेमोरियल ट्रस्टले ‘न घाटा न नाफा’-को आधारमा गर्ने छ। यो नयाँ पूर्वाधार भारत सरकारको २ करोड ६९ लाख नेपाली रुपियाँको अनुदानमा निर्माण गरिएको हो।

यसमा साना र ठूला ओटी, आईसीयू, सीसीयू अनि डक्टर, नर्स, स्टोर, प्रशासन तथा मेडिकल उपकरणहरूका लागि कोठाहरू छन्। स्वास्थ्य भारत र नेपाल बीच सहयोगका मुख्य क्षेत्रहरूमध्ये एक हो। अनेक स्वास्थ्य चौकी, नर्सिङ क्याम्पस, प्रसूति केन्द्र, नेत्र अस्पताल तथा प्राकृतिक चिकित्सा अस्पतालहरू ‘भारत सरकारको साना विकासमुलक परियोजनाहरू’ योजना अन्तर्गत निर्माण गरिएका छन्।