चीनले ताइवान उडानलाई एक “नियमित अभ्यास” बतायो

बुधबार चीनले ताइवानका राष्ट्रपतिको “कडा बयान”-को खण्डन गर्दै भन्यो कि गए महिना चीनको मुख्य भूभागबाट यस द्वीपलाई छुट्ट्याउने पारम्परिक समुद्री सिमा नाघेर उसका लडाका विमानहरू उडेको घटना एक नियमित अभ्यास थियो।
दुई जे-११ लडाका विमानहरूद्वारा यस स्वशासित द्वीपलाई चीनबाट छुट्ट्याउने सिमारेखा पार गरेको यस घटनाले मार्च महिनाको अन्त्यमा ताइपीबाट कडा भर्त्सना निम्त्याएको थियो र यो घटनालाई “जानीबुझी गरिएको, गैर-जिम्मेदारी तथा उत्तेजक” बताएको थियो।
बुधबार प्रेससँगको कुराकानीमा ताइवान मामिला कार्यालयका प्रवक्ता मा शियोगुअङले दिएको वक्तव्यलाई उद्धृत गर्दै सरकार-सञ्चालित चाइना डेलीले भन्यो कि सो उडान पिपल्स लिबरेशन आर्मी (पीएलए)द्वारा एक सुनियोजित नियमित अभ्यासको हिस्सा थियो।