युरोपेली नेताहरूले ब्रिटेनलाई युरोपेली संघबाट उसको निकासका लागि छ: महिनाको विलम्ब प्रस्ताव दिए

युरोपेली नेताहरूले ब्रिटेनलाई युरोपेली संघबाट उसको निकासका लागि छ: महिनाको विलम्ब प्रस्ताव दिएका छन्। युरोपेली नेताहरूले यो प्रस्ताव दिएर ब्रिटेनलाई यही सातान्तमा हुनगइरहेको उसको सौदारहित निकासदेखि जोगाएको छ।    

युरोपेली परिषदका अध्यक्ष डोनल्ड टस्कले आफ्नो ट्वीटमा भन्नुभयो कि उहाँ अब ब्रिटिस प्रधान मन्त्री टेरिजा मेसित उहाँको सम्झौतालाई सुरक्षित राख्नका लागि भेट्दै हुनुहुन्छ।

श्री टस्कको ट्वीटले यो विलम्बन कति लामो हुनेछ त्यसबारे केही बताएको छैन, तर कैयन समाचार एजेन्सीहरूको रिपोर्टअनुसार यो विलम्बन अक्टोबर महिनाको अन्त्यसम्मका लागि हुनेछ, र जून महिनामा एकपटक यसको समीक्षा गरिनेछ।

सुश्री मेले विलम्ब प्रस्ताव स्वीकार गरी लन्डन २२ मईपछि पनि युरोपेली संघमै रहेको खण्डमा ब्रिटिश मतदाताहरूले युरोपेली संसदीय चुनावमा सहभागिता जनाउनु पर्नेछ। ब्रसेल्समा सम्पन्न बैठकमा उपस्थित जर्मन चान्सलर एङ्गेला मर्केल लगायत २७ युरोपेली देशका अधिकांश नेताहरूले ब्रेक्जिटलाई एक वर्षसम्म स्थगित राख्ने एउटा योजनाको समर्थन गरे।