इजरायलका प्रधान मन्त्री बेन्यामिन नेतान्याहु पाँचौँ कार्यकालका निर्वाचित हुनुहुने

इजरायलका प्रधान मन्त्री बेन्यामिन नेतान्याहु उहाँका प्रमुख प्रतिद्वन्द्वी भूतपूर्व सेना प्रमुख बेनी गान्ट्जले पराजय स्वीकार गर्नुभएपछि पुनर्निर्वाचित हुनुहुँदै छ। कडा संघर्षपूर्ण संसदीय चुनावमा श्री गान्ट्जले श्री नेतान्याहु विजयी हुनुभएको स्वीकार गर्नुभएपछि यो नाटकीय घटना भएको हो।

९९ प्रतिशतभन्दा धेरै भोटहरूको गन्ती भइसकेपछि नेतान्याहुको लिकुड पार्टी गान्ट्जको ब्ल्यु एन्ड ह्वाइट पार्टी बराबरीमा थिए जसमा दुवैले ३५-३५ सीट जितेका थिए। १२० सदस्यीय संसद नेसेटमा कुनैपनि पार्टीले आधाको संख्या पार गर्न सकेनन्। तर, कैयौँ दक्षिणपन्थी पार्टीहरूले नेतान्याहुलाई उनीहरूको समर्थन व्यक्त गरेका हुँदा लिकुड र स्याना दक्षिणपन्थी पार्टीहरूको गठबन्धनलाई ६५ सीटको बहुमत प्राप्त भएको छ।

प्रधान मन्त्री नरेन्द्र मोदीले श्री नेतान्याहुलाई चुनावमा विजयका लागि बधाई दिनुभएको छ। एक ट्वीटमा श्री मोदीले उहाँलाई भारतको एक महान मित्र बताउँदै नयाँ दिल्लीले द्विपक्षीय साझेदारीलाई नयाँ उँचाइमा लैजानका लागि उहाँसित मिलेर काम गर्न जारी राख्न चाहने बताउनुभयो।