न्युजिल्यान्ड संसदद्वारा सेमि-अटोमेटिक हतियारहरूमाथि प्रतिबन्ध विधेयक पारित

न्युजिल्यान्डमा संसदले क्राइस्टचर्च हमलाहरूपछि सबै प्रकारका सेमि-अटोमेटिक र असल्ट राइफलहरूमाथि प्रतिबन्धका लागि विधेयकलाई पारित गरेको छ।

यो विधेयकलाई ११९सांसदहरूले मन्जुरी दिएभने मात्र एकजना सांसदले यसको विरोध गरे। गभर्नर जनरलको शाही अनुमति प्राप्त गरेपछि आगामी केही सातामा यो एक कानुन बनिने अपेक्षा छ।

एक आम माफी लागु गरिएको छ जसबाट यस्ता हतियार राख्नेहरूले तिनलाई जम्मा गर्न सकुन्, यो फिर्ता-क्रय योजनामा २० करोड न्युजिल्यान्ड डलरको खर्च आउन सक्छ।

क्राइस्टचर्चका दुई मस्जिदहरूमा एकजना सन्दिग्ध बन्दुकधारीद्वारा विगत महिना ५० मानिसहरूलाई मारेपछि प्रधान मन्त्री जसिन्दा आर्डर्न-ले कानुनमा परिवर्तनको घोषणा गर्नुभएको थियो।