लोकसभाका लागि प्रथम चरणको मतदान सुरु

भारतमा लोकसभाका लागि प्रथम चरणको मतदान सुरु भएको छ। यो चरणमा ९१ संसदीय निर्वाचन क्षेत्रहरूमा चुनाव भइरहेको छ जो १८ राज्य र दुई केन्द्र प्रशासित प्रदेशहरूमा फिँजिएका छन्।

प्रायःजस्ता निर्वाचन क्षेत्रहरूमा मतदानको समय बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म राखिएको छ। तर वामपन्थी उग्रवाद प्रभावित क्षेत्रहरू र पूर्वोत्तर क्षेत्रहरूमा भिन्दा-भिन्दै समय राखिएका छन्।

आन्ध्र प्रदेश, तेलाङ्गना, अरुणाचल प्रदेश, मेघालय, मिजोरम, नगाल्यान्ड, सिक्किम, अन्डमान एवम् निकोबार तथा लक्ष्यद्वीप, अनि उत्तराखण्डका सबै संसदीय निर्वाचन क्षेत्रहरूमा मतदान भइरहेको छ।

असम, बिहार, छत्तीसगढ, जम्मू एवम् कश्मीर, महराष्ट्र, मणिपुर, ओडिशा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बङ्गालका केही निर्वाचन क्षेत्रहरूमा पनि मतदान चलिरहेको छ।

साथसाथै आन्ध्र प्रदेश, सिक्किम, अरुणाचल प्रदेश र ओडिशाका १४७ मध्ये २८ विधानसभा सीटहरूका लागि एकल चरणको निर्वाचनका लागि मतदान पनि भइरहेका छन्।