नेपालले सगरमाथाको उचाइको पुनः माप गर्न विशेषज्ञहरूको एउटा टोली पठायो

नेपालले सगरमाथाको उचाइ पुनःमापन गर्न विशेषज्ञहरूको एउटा टोली पठाएको छ। प्रधान मन्त्री के.पी. शर्मा ओलीले बुधबार काठमाडौँमा सर्वेक्षण विभागका चार सदस्यहरूको एउटा टोलीलाई बिदाई गर्नुभयो। मुख्य सर्वेक्षण अधिकारी खिम लाल गौतम र सर्वेक्षण अधिकारी रबिन कार्कीले सगरमाथाको आरोहण गर्नुहुनेछ। सगरमाथाको चुचुरोमा पुगेपश्चात् उहाँहरूले एउटा ग्लोबल नेभिगेशन सेटेलाइट सिस्टम (जीएनएसएस)-को प्रयोग गर्नुहुनेछ, जसको मद्दतबाट उहाँहरूले क्याम्पमा बसेका आफ्नो दुइ सहयोगीहरूलाई उचाइको बारेमा जानकारी पठाउनु हुनेछ। सर्वेक्षण विभागद्वारा चार समूहमा सर्वेक्षण गरिनेछ जसमा सटीक समतलन, त्रिकोणमिति समतलन, गुरुत्वाकर्षणसम्बन्धी सर्वेक्षण र जीएनएसएस सर्वेक्षण सामेल छ।

नेपाल सरकारको उद्देश्य सगरमाथाको सटीक उचाइको माप गर्नु हो, किनभने २०१५-मा गएको विनासकारी भुकम्प लगायत विभिन्न कारणहरूले गर्दा यसको उचाइमा परिवर्नत भएको हुन सक्छ।

नेपालले सर्वोच्च शिखर सगरमाथाको उचाइबारे सर्वेक्षण गर्न आफ्नै टोली पठाएको यो प्रथम पटक हो। यसपूर्व सगरमाथाको उचाइको मापन पाँच पटक गरिसकिएको छ। सन् १९५४-मा भारतको सर्वेक्षण विभागले सगरमाथाको उचाइ ८८४८ मिटर माप गरेको थियो र नेपाल सरकारले आजसम्म यसलाई प्रामाणिक उचाइको रूपमा उपनाएको छ।