दक्षिण अफ्रीकामा चक्रवात इदायमा मर्नेहरूको संख्य १००० नाघ्यो

गए महिना दक्षिण अफ्रीकामा हाहाकार मच्च्याएको इदाय चक्रवातको चपेटमा परि मर्नेहरूको संख्या अब १००० नाघेको छ। बुधबार जिम्बाब्वेका सूचना मन्त्रीले भन्नुभयो कि उहाँ मुलुकमा मृतकहरू संख्या ३४४ ले बृद्धि भएको छ।

मोजाम्बिकले ६०२ जनाको मृत्यु भएको बताएको छ भने मलावीमा कम्तीमा पनि ५९ व्यक्तिहरू मारिएका छन्। प्रयासहरू अब शवहरू उद्धार गर्ने मृतकहरूको पहिचान गर्ने कार्यमा सिमित रहेका छन्। मृतकहरूको कुल संख्याबारे अहिले बताउन सकिन्न।
चक्रवात इदाय गए महिना मध्य मोजाम्बिकको तटीय क्षेत्रमा आएको थियो। यसले भयङ्कर तूफान हरिकेनका साथै भीषण वर्षा र बाढी ल्याएको थियो जसले पूर्वी मोजाम्बिकमा विनाशको छाप छोडेको छ।
विश्व खाद्य कार्यक्रमले यो बाढीको संकटलाई तह तीनको आपातकाल घोषित गरेको थियो जुन संकट यमन, सीरिया र दक्षिण सुडानमा विद्यमान संकटकै समान हो।
मोजाम्बिक, जिम्बाब्वे अनि मलावीमा २० लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन्।