अल्जीरिया: राष्ट्रपति चुनाव जुलाईमा हुने

अल्जीरियामा राष्ट्रपति चुनाव जुलाईमा हुनेछ। वरिष्ठ नेता अब्देलाजिज बूतेफलिकाको राजीनामा पश्चात सरकार विरुद्ध निरन्तर विरोध प्रदर्शनहरू भइराखेकै बेला हिजो राष्ट्रपति कार्यालयको यो घोषणा आएको हो।

अन्तरिम नेता अब्देलकादेर बेनसलाहको कार्यालयले बताएअनुसार, राष्ट्रपति चुनाव जुलाई ४ तारिख हुनेछ। चुनावको नयाँ मिति बेनसलाहद्वारा ९० दिनका लागि कार्यालय सम्हालिएको ठीक एक दिनपछि निर्धारित गरिएको हो। यद्यपि, २० वर्षको अवधिमा अल्जीरियाका पहिलो नयाँ राष्ट्रपतिको रूपमा माथिल्लो सदनका सभामुख बेनसलाहको  नियुक्तिबाट प्रदर्शनकारीहरूको माग पूरा हुन विफल भएको छ।

बूतेफलिकाका निकट सहयोगी बेनसलाह संविधानअन्तर्गत आगामी चुनावमा लड्न नपाउने भएको भएतापनि, प्रदर्शनकारीहरूले नयाँ राष्ट्रपतिलाई राजीनामा दिने माग गरेका छन्। यसैबीच सेनाप्रमुख अहमद गैद सलाहले भन्नुभयो, सेनाले यो संक्रमणद्वारा पारदर्शिता र अखण्डताका नियमहरू र गणराज्यका कानूनहरूको अनुपालना  सुनिश्चित गर्ने छ।

दुई दशक सत्तामा रहेपछि गए साता ८२ वर्षीय बूतेफलिकाले अन्तत: उहाँ विरुद्ध भएको कयन् साताको प्रदर्शनपछि राजीनामा दिनुभयो।