अमेरिकाका राष्ट्रपति ट्रम्पले उत्तर कोरियासित तेस्रो परमाणु शिखर बैठकबारे विचार गर्दै

 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उहाँ उत्तर कोरियाका नेता किम जोङ्ग उन-सित सम्भावित तेस्रो परमाणु शिखर बैठकबारे विचार गर्दै हुनुहुन्छ भन्नुभएको छ। श्री ट्रम्पले भन्नुभएअनुसार उत्तर कोरिया गत्यावरोधको शान्तिपूर्ण समाधान पहुँच भित्रनै छ, र उहाँले कुटनीतिको आफ्नो व्यक्तिगत तरिकामाथि निकै आशा राख्न जारी राख्नुभएको छ।

अमेरिकाका राष्ट्रपतिले व्यापक प्रतिबन्धहरू यथावत रहेतापनि उहाँले उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्धहरू रोकिदिनुभएको बताउनुभएको छ। दक्षिण कोरियाली राष्ट्रपति मून जाए-सित ह्वाइट हाउसमा वार्ताको थालनी गरिँदा श्री ट्रम्पले प्रतिबन्धहरूको बावजुद उत्तर कोरियालाई मानवीय सहायता पुऱ्याउने दक्षिण कोरियाको पहललाई उहाँले समर्थन दिनुहुन्छ भन्नुभएको थियो।

तेस्रो शिखर बैठकले पोहोर ट्रम्पको त्यो ऐतिहासिक सफलतालाई अगाडि बढाउने छ जब सिङ्गापुरमा उहाँले किमलाई भेट्नुभएको थियो, र त्यसपछि हानोइमा भेट्नुभयो जो उत्तर कोरियालाई परमाणु शस्त्रास्त्रहरू त्याग्न लगाउनमा कुनै प्रगतिबिना समाप्त भएका थिए।