भारत र नेदरल्यान्ड्सले द्विपक्षीय राजनीतिक तथा आर्थिक सम्बन्ध मजबुत पार्ने बाचा मारे

 

भारत र नेदरल्यान्ड्सले राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा सहयोग बढाउनेलगायत द्विपक्षीय राजनीतिक तथा आर्थिक सम्बन्धहरूलाई मजबुत पार्ने तरिकाहरूमाथि विचार-विमर्श गरेका छन्।

दुई मुलुकहरूले नयाँ दिल्लीमा विदेश कार्यालय परामर्शहरू गरे जसमा भारतीय पक्षको नेतृत्व परराष्ट्र मामिला मन्त्रालयमा पश्चिमसम्बन्धी सचिव ए. गितेश सर्माले गर्नुभएको थियो भने डच शिष्टमण्डलको नेतृत्व विदेश मामिला मन्त्रालयमा सेक्रेटरी जनरल जोहन्ना ब्रान्ड्टले गर्नुभएको थियो। एक वक्तव्यमा परराष्ट्र मामिला मन्त्रालयले भारत र नेदरल्यान्ड्सबिच साझा बहुमुखी सम्बन्धता रहेको बताइएको छ।

दुवै मुलुकले यस अवसरको प्रयोग राजनीतिक, आर्थिक, वाणिज्यिक, वैज्ञानिक र सांस्कृतिक सहयोगलगायत द्विपक्षीय सम्बन्धको समग्र क्षेत्रको समीक्षा गर्नमा गरेका छन् भनी परराष्ट्र मामिला मन्त्रालयले भनेको छ।

यो वर्ष अक्टोबर महिनामा नयाँ दिल्लीमा हुन निर्धारित सि.आइ.आइ.-डि.एस.टि. टेक शिखर सम्मेलनको २५औँ प्रकरणमा साझेदार मुलुकको रूपमा नेदरल्यान्डको सहभागिताको भारतले स्वागत गरेको परराष्ट्र मामिला मन्त्रालयले बताएको छ।