शक्ति अभियान स्वदेशी प्रतिरक्षा प्रौद्योगिकीलाई दर्शाउने एक अनुकरणीय प्रयासः डि.आर.डि.ओ.

 

रक्षा अनुसन्धान एवम् विकास सङ्गठन, डि.आर.डि.ओ.-का अध्यक्ष जि. सतीश रेड्डीले शक्ति अभियान भारतको स्वदेशी प्रतिरक्षा प्रौद्योगिकी दर्शाउने एक अनुकरणीय प्रयास हो भन्नुभएको छ।

हिजो साँझ नयाँ दिल्लीमा विवेकानन्द अन्तर्राष्ट्रिय प्रतिष्ठानमा रक्षा स्वदेशीकरणमा डि.आर.डि.ओ.-का उपलब्धीहरू विषयमा व्याख्यान दिँदै डॅ. रेड्डीले देशमा स्वदेशी रक्षा उत्पादनमा प्रगति हासिल गर्नका लागि निरन्तर प्रक्रिया जरुरी छ भन्नुभयो।

उहाँले ब्यालिस्टिक मिसाइल डेभलपमेन्ट, बि.एम.डि. प्रणालीहरूको अनुपालन विश्वमा धेरै कम मुलुकहरूले गर्दछन् र भारत ती मुलुकहरूमध्ये एक हो भन्नुभयो।

ए.स्याटबारे बोल्दै डि.आर.डि.ओ. अध्यक्षले अन्तिम गति र अचुक निसाना ए-स्याट इन्टरसेप्टर मिसाइल परीक्षणका दुई अत्यन्तै महत्त्वपूर्ण पक्ष हुन् र उपग्रहलाई नष्ट गर्ने बहु-अवस्था मारक क्षमताले सम्भव छोटो समयमा यसलाई पूरा गर्न सम्भव भयो भन्नुभयो। ए-स्याट परीक्षणलाई सफल तुल्याउनका लागि ५० भन्दा बढी उद्यमहरूले भाग लिए अनि २०० पुर्जाहरू हासिल हुन सके।