अमेरिकाका कैयौँ विधि निर्माताहरूद्वारा भारत-अमेरिका सामरिक साझेदारी मजबुत पार्न प्रतिनिधि सभामा विधेयक पेस

 

अमेरिकामा दुई भिन्न पार्टीका आधा दर्जन जति प्रभावशाली विधि निर्माताहरूको समूहले प्रतिनिधि सभामा एउटा महत्त्वपूर्ण विधेयक पुनः पेस गरेका छन जसले अमेरिका-भारत सामरिक साझेदारीलाई बढाउन चाहन्छ।

यो विधेयक पारित भयो भने यसले अमेरिकाको विदेश विभागद्वारा शस्त्र निर्यात नियन्त्रण ऐनको उद्देश्यका लागि भारतलाई नाटो-को मित्र देशको रूपमा व्यवहार गरिने कुरा सुनिश्चित गर्नेछ।

यसले के मजबुत सङ्केत दिनेछ भने भारतलाई रक्षासम्बन्धी विक्रीलाई अमेरिका-भारत साझेदारी मञ्चबमोजिम प्राथमिकतामा राखिनु पर्नेछ। यसै मञ्चले यो महत्त्वपूर्ण विधेयकका लागि काम गरेको हो।

एच.आर. २१२३ विधेयक यो साता सदनको विदेश मामिला समितिका वरिष्ठ सदस्य सांसद जो विल्सनले पेस गर्नुभएको थियो। श्री विल्सनले भारत विश्वमा सर्वाधिक विशाल लोकतन्त्र साथै क्षेत्रमा स्थिरताको स्तम्भ हो, अनि भारतले निर्यात नियन्त्रण नीतिहरूप्रति मजबुत वचनबद्धता देकाएको छ भन्नुभयो।

वित्त वर्ष २०१७-का लागि नेशनल डिफेन्स अथराइजेशन एक्ट (एन.डि.ए.ए.)-ले भारतलाई अमेरिकाको एउटा “प्रमुख प्रतिरक्षा साझेदार” बताउँदै एक अनौठो अमेरिका-भारत प्रतिरक्षा सम्बन्धतालाई मान्यता दिने एक विशेष भाषाको प्रयोग गरेको छ। यो विधेयकले राष्ट्रिय सुरक्षालाई बल प्रदान गर्नेछ र यसले प्रतिरक्षा विभाग र विदेश मन्त्रालयबिच पूर्ण सामञ्जस्यता सुनिश्चित गर्नमा मद्दत गर्नेछ।

एन.डि.ए.ए.-२०१७-को भावना र मनसाय पूरा गर्नका लागि अमेरिका-भारत सम्बर्धित सहयोग ऐनले शस्त्र निर्यात नियन्त्रण ऐनमा संशोधन गर्नेछ जसबाट भारतलाई नाटोका मित्र देशहरू र इजरायल, दक्षिण कोरिया, न्युजिल्यान्ड, अस्ट्रेलिया र जापान बराबारको स्थान प्राप्त हुनेछ।

अमेरिका-भारत सामरिक साझेदारी मञ्चका अध्यक्ष जोहन च्याम्बर्सले यो विधेयक अमेरिका-भारत प्रतिरक्षा सम्बन्धताका लागि एक प्रमुख सफलता हुने बताउनुभएको छ।