चुनावको प्रथम चरणमा मध्यमदेखि उच्च मतदान

 

भारतका १८ राज्यहरू र दुई केन्द्र शासित प्रदेशहरूमा फिँजिएका ९१ लोकसभा निर्वाचन क्षेत्रहरूमा हिजो भएको प्रथम चरणको मतदानमा मध्यमदेखि उच्च संख्यामा मतदान भएको छ।

छुटपुट हिंसाका घटनाहरू र इलेक्ट्रोनिक भोटिङ्ग मेसिनहरूलाई नोक्सानी पुऱ्याइएका करिब १५ घटनाहरूबाहेक मतदान सामान्यतः शान्तिपूर्ण रह्यो। सबै मतदान केन्द्रहरूमा भिभिप्याटहरूका साथ इलेक्ट्रोनिक भोटिङ्ग मेसिन अर्थात इ.भि.एम.-हरूको प्रयोग गरिएको थियो। त्रिपुरामा सबैभन्दा उच्च ८१.२ प्रतिशत, त्यसपछि पश्चिम बङ्गालमा ८१प्रतिशत, र मणिपुरमा ७८.२ प्रतिशत मतदान भयो।

समग्रतामा मतदान प्रतिशतको अन्तिम आँकडा आउन अझ बाँकी नै छ, तर असम र ओडिशामा ६८ प्रतिशत मतदान दर्ज गरिएको छ। मिजोरममा मतदानको प्रतिशत ६० प्रतिशत अनि सिक्किममा ६९ प्रतिशत भएको अनुमान छ।

उत्तर प्रदेशका आठ संसदीय निर्वाचन क्षेत्रहरूमा प्रथम चरणमा मतदान गरियो जहाँ ६३.७ प्रतिशत मतदान भएको छ। बिहारमा ५३ प्रतिशत मतदान भएको छ भने अरुणाचल प्रदेशमा मतदान गर्नेहरूको संख्या ६६ प्रतिशत दर्ज गरिएको छ।

उत्तराखण्डमा ५७.८५ प्रतिशत मतदान दर्ज गरिएको छ। छत्तीसगढमा  प्रतिशत मतदान दर्ज गरिएको छ। छत्तीसगढमा ५६ प्रतिशत, र महाराष्ट्रमा पनि ५६ प्रतिशत मतदान दर्ज गरिएको छ।

आन्ध्र प्रदेश, सिक्किम, अरुणाचल प्रदेश र ओडिशाको १४७ सदस्यीय विधानसभा सीटमध्ये २८ विधान सभा सीटहरूका लागि पनि हिजो नै मतदान गरिएको थियो।