स्पेस-एक्स-ले फालकोन हेभी रकेटका साथ पहिलो वाणिज्यिक प्रक्षेपण गऱ्यो

अमेरिकामा स्पेस-एक्स-ले साऊदीको एउटा उपग्रहलाई अन्तरिक्ष कक्षमा स्थापित गर्ने कार्यका लागि आफ्नो फालकोन हेभी रकेटका साथ आफ्नो पहिलो वाणिज्यिक प्रक्षेपण गरेको छ।

हिजो राति चम्किलो सेतो रकेट भयङ्कर गर्जनाका साथ बाक्लो खैरो रङको धुआँ छाड्दै फ्लोरिडाको क्याप क्यानाभरलमाथिको स्वच्छ नीलो आकाशतिर बढेको थियो।
स्पेस-एक्सअनुसार रकेटले ५.१ मिलियन पाउन्डको बल निकालेको थियो जो एक दर्जन जेटलाइनरहरूको भन्दा बढी हो।
यो रकेटले अरबस्याटद्वारा सञ्चालित साऊदी अरबको उपग्रहलाई लिएर गएको छ। एकवर्ष अघि यसले परीक्षणका लागि अन्तरिक्ष कक्षमा संस्थापक एलोन मस्कको रेड टेस्ला रोडस्टर पठाएको थियो। फालकोन हेभी बुधबार केनेडी स्पेस सेन्टरबाट छोडिनु थियो तर बाह्य वातावरणमा भयङ्कर हावाले गर्दै अबेर गर्नु परेको थियो।