विकिलिक्स संस्थापक जुलिआन असान्ज लन्डनमा गिरफ्तार

विकिलिक्स संस्थापक जुलिआन असान्जलाई सन् २०१०-मा पेन्टागन कम्प्युटर सञ्जाल ह्याक गर्ने षडयन्त्र गरेको आरोपमा अमेरिकामा मुद्दा चलाउनका लागि  हिजो लन्डनमा गिरफ्तार गरिएको छ। यसप्रकार गिरफ्तारीबाट बच्नका लागि ब्रिटेनमा इक्वाडोरको दूतावासमा सात वर्षदेखिको शरणावस्था अचानक समाप्त भएको छ।

इक्वाडोरको सरकारले श्री असान्जलाई प्रदान गरेको नागरिकता रद्द गरेपछि हिजो उनलाई दूतावासबाट निष्कासित गरेको थियो र गिरफ्तारीको मार्ग प्रशस्त भएको थियो।

अदालतमा सुनवाइको बेला एक न्यायाधीशले असान्जद्वारा जमानत तोडिएको आरोपमा दोषी ठहर गरे, र उनलाई आंशिक रूपमा अमेरिका प्रत्यर्पण वारन्टको सिलसिलामा हिरासतमा लिइयो।

श्री असान्जले सङ्केत दिएअनुसार उनले प्रत्यर्पणको विरोध गर्नेछन्, र कानुनी विशेषज्ञहरूअनुसार यो प्रक्रियामा वर्षौंको समय लाग्न सक्छ। श्री असान्जको गिरफ्तारीले  गम्भीर पहिलो संशोधन प्रेस स्वतन्त्रता मामिलाहरूको उठान गरेको लामो समयदेखि सल्किरहेको तनावलाई सामुन्ने ल्याएको छ।

श्री असान्जको सङ्गठनले २०१०-मा कैयौँ गोप्यताहरूलाई उदाङ्गो पार्दै मै. म्यानिङ्ग्स लिक्सको प्रकाशन सुरु गरेपछि  विकिलिक्सले प्रसिद्धि पाएको थियो र  उनी अमेरिकी सरकारको नजरमा आएका थिए।