युद्धपोतको प्रारुप स्वदेशी रुपले तयार पार्ने क्षमता वृद्धिको लागि भी.आर.सी-को समुद्घाटन

हिजो सुक्रबार नयाँ दिल्लीमा नौसेना प्रमुख एडमिरल सुनील लाम्बाले नौसेनामा युद्धपोतको प्रारुप स्वदेशी रुपले तयार पार्ने क्षमता वृद्धिको लागि भर्च्यूअल रियलिटी सेन्ट्रर (भी.आर.सी) नामको एक अत्याधुनिक पद्धतिको उद्घाटन गर्नुभयो।

यस अवसरमा बोल्दै, लाम्बाले भन्नुभयो, यो परियोजनाले  जहाजमा नै युद्धपोतको प्रारुपमा सुधार ल्याउनलाई प्रारुप निर्माताहरू र प्रयोगकर्ताहरूबीच निरन्तर अन्तरक्रियाको माध्यमले मिलेर कार्य समिक्षा गर्ने मार्ग प्रशस्त गर्छ।

एक बयानमा नौसेनाले बताएअनुसार, भारत सरकारको ‘मेक इन इण्डिया’ पहल अन्तर्गत नौसेना प्रारुप निदेशालयमा रहेको भि.आर. सी-ले युद्धपोत निर्माणको दिशामा आत्मनिर्भरताको पथतर्फ अघि बढाउने काम गर्छ।