किम जोङ उनद्वारा आफु ट्रम्पसित अर्को शिखर वार्ताको लागि तयार रहेको दाबी

यदि अमेरिकाले यो वर्षको अन्तसम्ममा सम्झौताको लागि पारस्परिक रुपले स्वीकार्य शर्त अघि सार्छ भने आफु ट्रम्पसित तेस्रो शिखर वार्ताको लागि तयार रहेको उत्तर कोरीयाली नेता कीम जोङ उनले बताउनु भएको छ। कोरियाली सरकारी सेन्ट्रल न्यू एजेन्सी (के.सी.एन.ए) ले जनाएअनुसार, उत्तर कोरियामा रबर स्टाम्पकै रुपमा रहेको संसदको एक सत्रमा श्री किमले आफ्नो भाषणमा यो कुरा बताउनु भएको हो।

श्री किमले आफ्नो भाषणमा फरवरी महिनामा भएको तेस्रो शिखर बैठक अमेरिकाको एकतर्फे प्रस्तावले गर्दा भङ्ग भएको आरोप लगाउनु भएको छ। तर अमेरिकी राष्ट्रपतिसित आफ्नो व्यक्तिगत सम्बन्ध भने राम्रो रहेको उहाँले बताउनु भयो। अर्कोतर्फ, अमेरिकाले भने प्रतिबन्धलाई खुलाउन उत्तर कोरियाको तर्फबाट धेरै नै माग अघि सारिएको कारणले गर्दा वार्ता भङ्ग भएको आरोप लगाएको छ।