रसियाले आफ्नो सर्वोच्च नागरिक पुरस्कारले प्रधान मन्त्री मोदीलाई सम्मानित गर्ने

 

रसियाले प्रधान मन्त्री नरेन्द्र मोदीलाई सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ सेन्ट एन्ड्रयू द एपसल’-ले सम्मानित गरिने घोषणा गरेको छ। यो सम्मान उहाँलाई रसिया र भारतका सरकार तथा जनताबीच विशेष सद्भाव र साझेदारीलाई प्रोत्साहित गर्न उहाँको उल्लेख्य सेवाका लागि प्रदान गरिने भएको हो।

‘अर्डर अफ सेन्ट एन्ड्रयू द एपसल’ सम्मान रसियाको समृद्धि र महिमालाई प्रोत्साहित गर्नका लागि उल्लेख्य कार्य गर्ने प्रबुद्ध वक्ता, लोकप्रिय व्यक्ति र विज्ञान, संस्कृति तथा कलाको क्षेत्रमा उल्लेख्य कार्य गर्ने व्यक्तिहरूलाई प्रदान गरिन्छ।

यो सम्मान विदेशका सरकार प्रमुखहरूलाई पनि उनीहरूको उल्लेखनीय कार्यका लागि प्रदान गर्ने गरिन्छ। चीनका राष्ट्रपति शी जिनपिङ्ग, कजाकस्तानका राष्ट्रपति नूरसुल्तान नजरबायेव तथा अजरबैजानका राष्ट्रपति गेदर अलेवलाई सो सम्मान प्रदान गरिसकिएको छ।

१६९८-मा  जार पीटर द ग्रेटले सन्त एन्ड्रयूको  सम्मानमा यसको स्थापना गर्नुभएको थियो।प्रधान मन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, उहाँ प्रतिष्ठित पुरस्कार प्राप्त गर्नका लागि सम्मानित हुनुभएको छ। एक ट्विटमा श्री मोदीले राष्ट्रपति भ्लादिमीर पुटिन र  रसियाका जनतालाई धन्यवाद दिनुभएको छ।

उहाँले भन्नुभयो, भारत-रसिया मित्रताको जग बलियो छ र साझेदारीको भविष्य उज्जवल छ। प्रधान मन्त्रीले भन्नुभयो, दुइ मुलुकहरूबीच व्यापक सहयोगले नागरिकहरूका लागि असाधारण परिणाम आएको छ। उहाँले भन्नुभयो, राष्ट्रपति पुटिन भारत-रसिया मित्रताका लागि शक्तिको महान स्रोत हुनुहुन्छ र उहाँको नेतृत्व तथा दुइ मुलुकबीच द्विपक्षीय र बहुपक्षीय सहयोग नयाँ उचाइमा पुगेको छ।