लोकसभा चुनाउको पहिलो चरणमा ६९.४३ प्रतिशत मतदान भयो

 

लोकसभा चुनाउको पहिलो चरणको मतदानमा ६९.४३ प्रतिशत मतदान भएको रेकर्ड गरिएको छ। निर्वाचन आयोगले नयाँ दिल्लीमा भनेको छ, लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै कुल  ६९.४३ प्रतिशत मतदाताहरूले मतदानमा भाग लिए।

पहिलो चरणमा १८ राज्य र दुइ केन्द्रशासित प्रदेशका ९१ लोकसभा निर्वाचन क्षेत्रहरूमा मतदान भएको थियो।

९१ निर्वाचन क्षेत्रका १ करोड ४२ लाख मतदाताहरूले १२७९ उम्मेद्वारहरूको भाग्यको फैसला गर्नेछन्।