सर्वोच्च न्यायालयद्वारा सबै राजनीतिक पार्टीहरूलाई चुनावी बन्ड प्राप्त गरेको रसिद बारे जानकारी दिन निर्देश

सर्वोच्च न्यायालयले सबै राजनीतिक पार्टीहरूलाई चुनावी बन्ड प्राप्त गरेको रसिद र चन्दा दिनेहरूको पहिचानबारे निर्वाचन आयोगलाई सीलबन्द लिफाफामा जानकारी उपलब्ध गराउन निर्देश दिएको छ। न्यायालयले आफ्नो अन्तरिम आदेशमा सबै राजनीतिक दलहरूलाई ३० मे सम्म चन्दा दिनहरूबाट प्राप्त रकम र बैंक खाताको बारेमा पूरा जानकारी निर्वाचन आयोगलाई उपलब्ध गराउन भनेको छ।

प्रधान न्यायाधीश रञ्जन गोगोई, न्यायाधीशहरू दीपक गुप्ता र संजीव खन्ना सामेल एउटा पीठले आदेशको घोषणा गरेको थियो।

केन्द्र सरकारले गत वर्ष जनवरीमा चुनावी बन्ड योजनाको सुरुआत गरेको थियो।