राष्ट्रद्वारा जलियाँवाला बाग हत्याकाण्डको एक सय वर्ष पुरा भएको अवसरमा सहिदहरूलाई श्रद्धाञ्जलि

उप राष्ट्रपति एम वेंकैया नायडूले आज पञ्जाबको अमृतसरमा जलियाँवाला बागका सहिदहरूलाई श्रद्धाञ्जलि दिनुहुनेछ। जनसंहारको यो घटना भएको आज एक सय वर्ष पूरा भएको छ।

श्री नायडूले यस अवसरमा एक स्मारक सिक्का र हुलाक टिकट पनि जारी गर्नुहुनेछ। जलियांवाला बाग जनसंहार आधुनिक भारतको सबैभन्दा बर्बर घटना थियो जसमा १३ अप्रिल १९१९-मा ब्रिटिश जनरल डायरको आदेसमा सयौँ निर्दोष महिला, पुरुष  र बाल-बालिकाहरूको हत्या भएको थियो।

राष्ट्रपति कोविन्दले जलियाँवाला बाग हत्याकाण्डका सहिदहरूलाई श्रद्धाञ्जलि दिनुभएको छ। राष्ट्रपतिले भन्नुभयो, सभ्यतामा लागेको यस भीषण हत्याकाण्डको दागलाई भारतले कहिले भुल्नेछैन।