लोकसभा चुनाउको बाँकी ६ चरणका लागि चुनाउ प्रचार तीव्र

लोकसभा चुनाउको बाँकी ६ चरणको मतदानका लागि चुनाउ प्रचार तीव्र भएको छ। विभिन्न राजनीतिक पार्टीका वरिष्ठ नेताहरूले मतदाताहरूलाई आकर्षित गर्न जनसभाहरूको आयोजना गरिरहेका छन्।

प्रधान मन्त्री नरेन्द्र मोदीले तमिलनाडु र कर्णाटकमा चार जनसभालाई सम्बोधित गर्नुहुनेछ।  श्री मोदीले तमिलनाडुका थेनी र रामनाथपुरममा जनसभाहरूलाई सम्बोधित गर्नुहुनेछ। कर्णाटकमा प्रधान मन्त्रीको बेगलुरू र मंगलोरमा सार्वजनिक सभाहरूमा भाग लिने कार्यक्रम छ।

भाजपा अध्यक्ष अमित शाहले आज दिउँसो उत्तर प्रदेशका बदायूँ र शाहजाहपुरमा जनसभालाई सम्बोधित गर्नुहुनेछ। कंग्रेस अध्यक्ष राहुल गान्धीले आज कर्णाटकमा चुनाउ अभियानमा भाग लिनुहुनेछ। बिएसपि प्रमुख मायावतीले बदायूँ र बुलन्दशहरमा जनसभाहरूलाई सम्बोधित गर्नुहुनेछ।