सुडानमा नयाँ सैन्य प्रमुखद्वारा बसिर शासन व्यवस्थालाई निर्मूल पार्ने प्रतिवद्ध व्यक्त

सुडानमा दोस्रो नयाँ सैन्य प्रमुख जनरल अब्देल फताह अल-बुरहानले सत्ताच्युत राष्ट्रपति ओमर अल-बसिरको शासन व्यवस्थालाई निर्मूल पार्ने अनि विरोध प्रदर्शनकारीहरूलाई रिहा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

आफूले मुलुकको सैन्य परिषदको नयाँ प्रमुखको रूपमा शपथ ग्रहण गर्नु भएको एक दिनपछि जनरल बुरहानले खार्तुममा राज्य सत्तालाई नयाँ कानुनअनुसार पुनर्गठन गर्ने घोषणा गर्दै  भ्रष्टाचारविरुद्ध लड्ने, बसिर शासन व्यवस्था र यसका प्रतीकहरूलाई जडदेखि उखेलेर फ्याँक्ने संकल्प व्यक्त गर्नुभयो।

उहाँले विशेष आपत्कालीन अदालतद्वारा कारागारमा थुनिएका बन्दीहरूलाई रिहा गर्ने साथै योभन्दा पहिले काउन्सिलले लगाएका रातको कर्फ्यु हटाउने आदेश पनि सुनाउनुभयो।