प्यालेस्टाइनमा प्रधान मन्त्री मोहम्मद इश्ताएद्वारा नेतृत्व गरिएको नयाँ प्यालेस्टाइनी प्राधिकरण सरकारद्वारा शपथ ग्रहण

प्यालेस्टाइनमा पश्चिम किनारमा कार्यालय रहेको नयाँ प्राधिकरण सरकारले शपथ ग्रहण गरेको छ।

राष्ट्रपति मोहमुद अब्बासले मोहम्मद इश्ताएलाई नयाँ प्रधान मन्त्री नियुक्त गर्नुभएको छ। इज्रायलसित शान्ति सम्झौताको सम्भाव्यता क्षीण देखा परिरहेकै बेला चालिएको यो पहलले प्यालेस्टाइनको आन्तरिक विभाजनको संकटलाई अझ गम्भीर तुल्याएको बताइएको छ।

लामो समयसम्म अब्बासको सल्लाहकार रहनुभएको अनि फताह पार्टीका वरिष्ठ सदस्यसमेत रहनुभएको इश्ताए र उहाँको २४ सदस्यीय मन्त्रीमण्डलले रमल्लामा रहेको अब्बासको मुख्यालयमा शपथ ग्रहण गरेका छन्।

मध्य पूर्वका लागि राष्ट्रसंघका राजदूत निकोले म्लादेनोभले नयाँ सरकारले सबैको समर्थन प्राप्त गर्ला अनि विभाजनलाई रोक्नमा सफलता प्राप्त गर्ला भन्ने आशा व्यक्त गर्नुभएको छ।