जम्मू कश्मीरको सोपियाँमा भएको भिडन्तमा दुई आतङ्की मारिए

जम्मू कश्मीरको दक्षिणी कश्मीरमा अवस्थित सोपियाँको गहन्द वन्य क्षेत्रमा सुरक्षाकर्मीहरूको एउटा संयुक्त टोलीसँग भएको गोलीबारीमा दुई आतङ्कीहरू मारिएका छन्।

सुरक्षा बलले आतङ्कीहरूविरुद्ध जारी कारवाहीमा हालसम्म दुई मारिएका जानकारी दिएको छ। घटनास्थलबाट हात हतियारहरू पनि जफत गरिएका छन्।