जलियाँवाला बाग नरसंहारको शतवार्षिकीका अवसरमा राष्ट्रद्वारा सहिदहरूलाई श्रद्धाञ्जली

कृतज्ञ राष्ट्रले हिजो सय वर्ष पुगेको जलियाँवाला बाग नरसंहारमा सहिद भएका व्यक्तिहरूलाई श्रद्धाञ्जली अर्पण गऱ्यो। सन् १९१९ को १३ अप्रिलका दिन अमृतसरमा शान्तिपूर्ण तरिकाले सभा गरिरहेका मानिसहरूमाथि ब्रिटिस सरकारका ब्रिगेडियर जनरल डायरको आदेशमा सैनिकहरूले जथाभावी गोली चलाउँदा सैयौँको सङ्ख्यामा मानिसहरू सहिद भएका थिए।

राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति एम. वेंकैया नाइडू र प्रधान मन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत सहिदहरूलाई श्रद्धाञ्जली दिनुभयो।

पछि उपराष्ट्रपतिले पंजाबको अमृतसरस्थित जलियाँवाला बाग गई सहिदहरूलाई श्रद्धाञ्जली दिनुभयो।

कांग्रेस अध्यक्ष राहुल गान्धीले पनि सहिद स्मारकमा गई श्रद्धाञ्जली दिनुभयो।