राष्ट्रद्वारा डा. बि. आर. अम्बेडकरको १२८ औँ जन्म जयन्तीका अवसरमा उहाँलाई श्रद्धाञ्जली

भारतीय संविधानका रचयिता डा. भीमराव रामजी अम्बेडकरको १२८ औँ जन्म जयन्तीका अवसरमा कृतज्ञ राष्ट्रले आज उहाँलाई स्मरण गरिराखेको छ। हाल अम्बेडकर नगर नामले प्रचलित मध्य प्रदेशको महूमा उहाँको जन्म भएको थियो।

यस अवसरमा देशभरिमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिँदै छ। संसद भवन परिसरमा बिहान उहाँको सालिकमा माल्यार्पण गरियो।

यस अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले मानिसहरूलाई शुभकामना दिनुभएको छ। आफ्नो सन्देशमा उहाँले डा. अम्बेडकर देशको स्वतन्त्रता संग्रामका उत्कृष्ट नेता हुनुका साथै पिछडिएका मानिसहरूका अधिकारहरूका लागि लड्ने व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो।

प्रधान मन्त्री नरेन्द्र मोदीले बाबा साहेब अम्बेडकरलाई श्रद्धाञ्जली दिँदै उहाँलाई सामाजिक न्याय व्यवस्थाका अगुवा तथा भारतीय संविधानका मुख्य प्रणेता बताउनुभयो।

सरकारले आजको दिन केन्द्र सरकारका सबै कार्यालय तथा औद्योगिक प्रतिष्ठानहरूमा सार्वजनिक विदा घोषणा गरेको छ।