अनिल अम्बानीको फ्रान्सेली कम्पनीलाई कर छुट दिइएको र राफेल सम्झौताबारे सम्पर्क छ भन्ने कुरा गलत: रक्षा मन्त्रालय

प्रतिरक्षा मन्त्रालयले शनिवार स्पष्ट पार्दै के भन्यो भने एउटा निजी कम्पनीलाई करमा छुट दिइएको तथा राफेल सम्झौताबारे उल्लेख गरिएको कुरा दुस्प्रचारका लागि फैलाइएको झुटो, विवादास्पद कुरा हुनुका साथै यसमा गलत मनसाय लुकेको छ।

फ्रान्सेली समाचार पत्र ‘ले मोन्डले’ अनिल अम्बानीको फ्रान्सेली कम्पनीले राफेल सम्झौताका बेला १४ करोड ३७ लाख युरोको कर छुट पाएको थियो भन्ने खबर छापेपछि रक्षा मन्त्रालयको यो स्पष्टीकरण आएको हो।

कांग्रेसले उक्त समाचार पत्रले छापेको खबरका आधारमा भ्रष्टाचारका तारहरू राफेल सम्झौतासँग जोडिएका दाबी गरेको छ। मिडियासँग कुरा गर्दै पार्टी प्रवक्ता रणदीप सुर्जेवालाले एन. डि. ए. सरकारले राफेल सम्झौताबारे विचार विमर्श पूरा गरेको लगत्तै करसम्बन्धी विवाद छिनोफानो गरिएको थियो भन्नुभयो।