राष्ट्रपति र उपराष्ट्रतिद्वारा राष्ट्रलाई चाडपर्वको शुभकामना

राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम. वेंकैया नाइडूले राष्ट्रलाई वैशाखी, विशु, रङाली बिहु, नव वर्ष, वैशाखडी र पुथान्डु पिरापुका अवसरमा शुभकामना दिनुभएको छ।

आफ्नो सन्देशमा श्री कोविन्दले यी पर्वहरू हाम्रो परिश्रमलाई दिइएको महत्त्व र सम्मानका प्रतीक हुन् भन्नुभयो।

श्री नाइडूले नयाँ वर्षको थालनीका रूपमा मनाइने यी पर्वहरू अझ गुणस्तरीय जीवन यापनका अग्रदूत हुन् भन्नुभयो।

असममा रङाली बिहु वा बहाग बिहुका रूपमा हर्षोल्लासका साथ यो पर्व मनाइँदै छ। आज पहिलो दिन गोरु बिहुका रूपमा पालना गरिन्छ।