फिनल्यान्डमा सोशल डेमोक्रेट्स पार्टीले आम चुनाव जित्यो

फिनल्यान्डको वामपन्थी सोशल डेमोक्रेट्स पार्टीले हिजो भएको आम चुनावमा अति दक्षिणपन्थी फिन्स पार्टीलाई अत्यन्तै कम अन्तरालले रोक्दै विजय हासिल गरेको छ। खसालिएका सबै भोटहरूको १०० प्रतिशत गणना गरिएपछि एन्टी रिन्नेको नेतृत्वमा सोशल डेमोक्रेट्सले २०० सदस्यीय संसदमा ४० सीटहरू हासिल गरेको छ भने फिन्स पार्टीलाई ३९ सीटहरू प्राप्त भएको छ। राष्ट्रिय गठबन्धन पार्टीले ३८ सीटहरू जितेको छ भने सत्तारूढ सेन्टर पार्टीले ३१ सीटहरू जितेको छ। बाँकी सीटहरू अन्य पार्टीहरूले जितेका छन्।

निवर्तमान प्रधान मन्त्री जुहा सिपिलाले भन्नुभएअनुसार उहाँको सेन्टर पार्टीलाई चुनावमा सबैभन्दा धेरै नोक्सानी भयो जसका लागि उहाँले अर्थव्यवस्थालाई पुनर्सन्तुलित गर्ने प्रयासमा उहाँको सरकारद्वारा गरिएका कठिन आर्थिक निर्णयहरूलाई कारण बताउनुभयो। सोशल डेमोक्रेट्सले १६ वर्षमा प्रथमपटक सरकार बनाउने छ, यद्यपि यतिका वर्षदेखि यो पार्टी कनिष्ठ गठबन्धन सदस् रहिआएको थियो।