भुटान सरकारले संसदको माथिल्लो सदनमा बि.बि.आइ.एन. पहलको अनुमोदनका लागि विधेयक पेस गर्ने

भुटान सरकारले संसदको माथिल्लो सदनमा सडक एवम् रेल सम्पर्कताका लागि बाङ्ग्लादेश-भुटान-भारत-नेपाल (बि.बि.आइ.एन.) पहललाई अनुमोदन प्रदान गर्न एउटा विधेयक पेस गर्ने छ।

भुटानका प्रधान मन्त्री डॅ. लोते छिरिङ्गको बाङ्गलादेश यात्राको अवसरमा  मीडियालाई जानकारी दिँदै बाङ्ग्लादेशका विदेश सचिव शाहिदुल हकले पत्रकारहरूलाई जानकारी दिनुभएअनुसार बि.बि.आइ.एन. क्षेत्रमा रेल एवम् सडक सम्पर्कतामा सुधार गर्ने एउटा विशाल पहल हो र भुटानको संसदद्वारा यो विधेयक चाँडै नै पारित गर्ने आशा छ।

बि.बि.आइ.एन. मुलुकहरूमाझ मोटर वाहन सम्झौतामाथि चार सदस्य मुलुकहरूद्वारा सन् २०१५-मा हस्ताक्षर गरिएको थियो।  बाङ्ग्लादेश, भारत र नेपालले सम्झौतालाई कार्यान्वित गरेको छ तर भुटानले भने सम्झौतालाई आफ्नो अनुमोदन दिनु अझ बाँकी नै छ।