पाकिस्तानद्वारा सद्भावनास्वरूप थप १०० भारतीय मछुआहरू रिहा

पाकिस्तानले सद्भावनास्वरूप थप १०० भारतीय मछुआहरूलाई रिहा गरेको छ। चार चरणहरूमा ३६० भारतीय मछुआहरूलाई रिहा गर्न पाकिस्तानद्वारा बाचा मारिएअनुसार यी मछुआहरूको दोस्रो डफ्फालाई रिहा गरिएको हो। यो महिनाको ७ तारिखमा पहिलो डफ्फाअन्तर्गत १०० मछुआहरूलाई रिहा गरिएको थियो।

सूत्रहरूअनुसार कराचीको मालिर जेलबाट रिहा गरिएका मछुआहरूलाई रेलद्वारा लाहौर लगिएको छ। उनीहरूली आज वागा सीमामा भारतीय अधिकारीहरूलाई सुम्पिइने छ।

अल इन्डिया रेडियोका संवाददाताले खबर दिएअनुसार धेरैजसो मछुआहरू गुजरातका छन् जसलाई अरब सागरमा पाकिस्तानी समुद्री क्षेत्रमा कथित रूपले माछा मार्दै गर्दा पक्राउ गरिएको हो। थप १०० मछुआहरूलाई २२ अप्रिलमा, अनि बाँकीलाई २९ अप्रिलमा रिहा गरिनेछ।