एन.आइ.ए.-द्वारा २०१७ लेथपोरा आतङ्की मामिलामा पाँचौँ अभियुक्त गिरफ्तार

 

नेशनल इन्भेस्टिगेटिङ्ग एजेन्सी, एन.आइ.ए. अर्थात् राष्ट्रिय जाँच अभिकरणले जम्मू एवम् कश्मीरको पुलवामा जिल्लामा लेथपोरा गाउँमा २०१७-मा सि.आर.पि.एफ. दलमाथि आतङ्की हमलाको सिलसिलामा पाँचौँ अभियुक्त इरशाद अहमद रेशीलाई गिरफ्तार गरेको छ।

सो हमला जैश-ए-मोहम्मदसित सम्बन्धित तीन आतङ्कीहरूद्वारा गरिएको थियो। सो हमलामा पाँच सि.आर.पि.एफ. कर्मीहरू सहिद भएका थिए र भिडन्तमा ती तीनैजना आतङ्कीहरू मारिएका थिए।

एक जनाउमा राष्ट्रिय जाँच अभिकरणले भनेअनुसार रेशी प्रमुख षडयन्त्रकारी रहेको भेट्टाइयो जसले ती आतङ्कीहरूलाई शरण दिनुका साथै वाहन उपलब्ध गराउने जस्तो सरसामग्रीको सहायता उपलब्ध गराएको थियो।

जनाउमा भनिएअनुसार गिरफ्तार गरिएको अभियुक्त प्रतिबन्धित आतङ्की सङ्गठन जैश-ए-मोहम्मदको एक सक्रिय कार्यकर्ता हो।