प्रधान मन्त्री मोदीको जीवनमाथि आधारित फिल्मः निर्वाचन आयोगद्वारा फिल्मको प्रदर्शनमाथि रोकलाई चुनौती याचिकामाथि सर्वोच्च अदालतले आज सुनुवाइ गर्दै

प्रधान मन्त्री नरेन्द्र मोदीको जीवनमाथि आधारित फिल्मलाई आम चुनाव सम्पन्न नहुञ्जेल प्रदर्शित गर्नमाथि चुनाव आयोगद्वारा लगाइएको प्रतिबन्धलाई चुनौती दिँदै दायर याचिकामाथि सर्वोच्च अदालतले आज सुनुवाइ गर्दैछ। प्रमुख न्यायाधीश रञ्जन गोगोइको नेतृत्वमा एक पीठले फिल्मका निर्माताहरूद्वारा दायर याचिकामाथि सुनुवाइ गर्नका लागि सुक्रवार सहमति प्रदान गरेको थियो।

चुनाव आयोगले बुधवार वर्तमान चुनाव अवधिको बेलामा यो सिनेमाको प्रदर्शनमाथि रोक लगाएको थियो किनभने यस्तो कुनैपनि फिल्मले कुनै राजनीतिक तत्व वा व्यक्तिलाई इलेक्ट्रोनिक मीडियामा देखाइनु हुँदैन भन्ने नियमको उल्लङ्घन हुँदछ भन्ने उसको भनाइ थियो। यो फिल्म प्रदर्शित गरिनुभन्दा एकदिन अघि आयोगद्वारा यो रोक लगाइएको थियो जुनदिन लोकसभा चुनावको प्रथम चरणको मतदानको दिन थियो।