राष्ट्रपति कोविन्दद्वारा वायुसेना मार्शल अर्जन सिंहको जन्म शताब्दीमा सम्झना

 

राष्ट्रपति रामनाथ कोविन्दले आज वायुसेना मार्शल अर्जन सिंहको जन्म शताब्दीको अवसरमा उहाँको सम्झना गर्नुभएको छ।

एक ट्वीटमा श्री कोविन्दले भन्नुभएअनुसार १९६५-को युद्धमा भारतीय वायुसेनाका प्रमुख रहनुभएको, द्वितीय विश्व युद्धका नायक, सेवानिवृत्तिपछि कुटनयिक, पाँच ताराहरू भिर्ने प्रथम वायुसेना अफिसर मार्शल अर्जन सिंह एक भारतीय युगपुरुष रहिरहनुहुने छ।

जनवरी २००२-मा तत्कालीन राष्ट्रपति के.आर. नारायाणनले वायुसेनाका मार्शल अर्जन सिंहलाई पाँच ताराहरूको पदले सम्मानित गर्नुभएको थियो।