युएई-ले विश्वको अग्रणी कृत्रिम बुद्धिमता शिखर सम्मेलनको आयोजना गर्ने

सरकार, व्यापार र समाजको भविष्य निम्ति वैश्विक संवादलाई सशक्त बनाउनका लागि संयुक्त अरब एमिरेट्सले विश्वको अग्रणी कृत्रिम बुद्धिमता शिखर सम्मेलनको आयोजना गर्नेछ। यसै महिनाको ३०  तारिख र आगामी महिनाको १ तारिखमा दुबई विश्व व्यापार केन्द्रमा  ‘ए आइ इ एभ्रिथिङ्ग’ अर्थात् ए.आइ.इ.-को पहिलो सम्मेलन हुनेछ। एमिरेट्स समाचार एजेन्सीले खबर दिएअनुसार यस दुइ दिने समारोहले विश्वका नेताहरूलाई एक साथ ल्याउनेछ साथै सरकार, व्यापार र समाजको अन्तर्निहित स्तम्भहरूलाई परिभाषित गर्नेछ जसको परिणामस्वरूप विश्वभरमा खुसियाली बढ्ने छ।

यो सम्मेलनको मेजमानी युएईको राष्ट्रिय कृत्रिम बुद्धिमता कार्यक्रमले गर्नेछ जसमा अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन, आइटीयू, विश्व बौद्धिक सम्पदा सङ्गठन, डब्लूआईपीओ, र स्मार्ट दुबईसित सामरिक साझेदारीले सहयोग  दिएका छन्। ‘ए.आइ.इ.’-ले १३० भन्दा अधिक प्रभावशाली वक्ताहरूमार्फत उद्योगहरूमा वास्ताविक  उपयोगका  मामिलाहरूलाई सामु्न्ने ल्याउने छ र सहयोगिता एवम् साझेदारी कायम गर्नेछ।