सोमालियामा भएको हवाई हमलामा आई एस-का सहायक कमान्डर मारियो

सोमालियाको उत्तर-पश्चिमी क्षेत्र पुन्टल्यान्डका सुरक्षा मन्त्रीले जानकारी दिएअनुसार एक हवाई हमलामा मुलुकमा इस्लामिक गुटको सहायक कमान्डर (सेकेन्ड इन कमान्ड) मारिएको छ।
अब्दिसामेद मोहमद गालानले सो  हवाई हमला बारी क्षेत्रको इसकुशुबान जिल्लाको हिरिरिओ गाउँ छेउ भएको थियो जहाँ कमान्डर अब्दिहाकिम धोकोब र सन्दिग्ध सहयोगी एक वाहनमा यात्रा गरिरहेका थिए। बोकासो बन्दरगाहबाट बोल्नुहुँदै गालानले सो हवाई हमला कसले गरेको थियो भन्ने जानकारी दिनुभएन।